देश सम्बृद्ध बनाउन सरकारले भाषण मात्रै गर्दैन : प्रधानमन्त्री ओली
बुधबार, १६ फागुन २०७४, १३ : २४
ललितपुर– प्रधानमन्त्री केपी ओलीले सरकारले देश सम्बृद्ध बनाउने कुरामा भाषण मात्रै नगरी काम गरेर देखाउने बताएका छन् ।
ललितपुरमा बुधबार राजदल गण राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले सम्बृद्धिका लागि राष्ट्रिय भावना पनि जरुरी हुने बताए । उनले भने, ‘सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत छ यसमा सरकारले कुनै सम्झौता गर्दैन ।’
प्रधानमन्त्री ओलीले सम्बृद्धिका लागि युवाहरुको महत्पुर्ण योगदान हुने भन्दै युवालाई सीप, सिकाएर दक्ष बनाउन जरुरी रहेको बताए ।
उनले देश स्वस्थ राख्न तालिमका साथै मानसिक हिसावले पनि स्वस्थ हुन जरुरी रहेको भन्दै देशलाई अटल र अमर राख्नु सबै नेपालीको कर्तव्य भएको बताए ।
समारोहमा १३ औँ व्याजका क्याडेटहरुलाई दीक्षित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण