निफमा आमा नायिकाले सेसन चलाउने
काठमाडौँ । २ चैतदेखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)मा अभिनेत्रीद्धय प्रियंका काकी, माल्भिका सुब्बा र निर्देशक रेनाशा राईले सेसन चलाउने भएका छन् ।
‘आमा नायिकाः जिम्मेवारी र करीयर’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित अभिनेत्रीद्धय प्रियंका कार्की, माल्भिका सुब्बा र निर्देशक रेनाशा राईले आफ्नो अनुभव सुनाउनेछन् । आमा भएपछि काममा कति सजिलो र कति अब्ठेरो हुने रहेछ ? अभिनेत्रीको अनुभव रोजक हुने आयोजकले लिएको आयोजक केपी पाठकले बताए ।
सेसेनको मध्यस्थता पत्रकार सन्ध्या थापाले गर्नेछिन् । नायिकाहरुको यो सेसन आउँदो चैत ६ (२० मार्च) गते सोमबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ ।
३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् ।
महोत्सवको ‘ओपनिङ फिल्म’ को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण