प्रसुनजंगले जर्जीयामा जिते उपाधि
काठमाडौँ । जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न प्रतियोगिता ‘वल्र्ड राईजिङ स्टार २०२३’ मा नेपालका बालक प्रसुनजंग पोखरेल शीर्ष उपाधि जितेका छन् । प्रतियोगितामा उनले शीर्षसहित राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन् ।
परिवर्तन इभेन्ट हाउसद्वारा राजधानीमा आयोजित नृत्य, गायन र अभिनय सम्बन्धी प्रतिस्पर्धा डीएसए स्टार २०१९ मा विजेता भएबापत नेपालको प्रतिनिधित्व गर्दै प्रसुन जर्जिया पुगेका थिए । ४२ देशका प्रतिस्पर्धी सहभागी स्पर्धा उनले शीर्ष उपाधि जितेका हुन् ।
थाइल्यान्डको टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्सअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । उनी नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता पनि हुन् ।
शनिबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसुनलाई विश्वमाझ पुगेर नेपालको नाम चिनाउने काम गरेकोमा भन्दै शुभकामना सहित अवार्ड समेत हस्तान्तरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण