बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसव फिस्टुलाको यी अस्पतालमा हुन्छ शल्यक्रिया

आइतबार, २८ फागुन २०७९, १९ : ०५
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसूतिकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउँदा प्रसव फिस्टुला हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

प्रसूतिपछि योनिबाट निरन्तर रुपमा पिसाब वा दिसा वा दुवै चुहिने समस्यालाई प्रसव फिस्टुला भनिन्छ ।

यस्तो समस्या देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीसँगै सल्लाह र सेवा लिनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रसव फिस्टुलाको शल्यक्रिया तालिमप्राप्त चिकित्सकद्वारा काठमाडौँ मोडेल अस्पताल, वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल सुर्खेत निःशुल्क गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप