राष्ट्रपति भण्डारीको निजी निवास तयार, तस्बिरहरू
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाड्ने भएकी छन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह सोमबार दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको छ । ‘दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ भएकाले २ बजे भित्र उहाँ (विद्यादेवी भण्डारी)ले शीतल निवास छोड्नुहुन्छ’, भण्डारीका स्वकीय सचिव अधिकारीको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ ।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।
भण्डारी शीतलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारी गरेपछि त्यहाँ सुरक्षा लगायतको व्यवस्था गरिएको छ ।
_9Jxe73rLWk.jpg)
_DnGBEqKYrw.jpg)
_XyOVnzpiXb.jpg)
_HQG21PbLsq.jpg)
_yeDbvqa517.jpg)
_tlrnQGqwX3.jpg)
_zFlFBYoVbh.jpg)
_M9GSaecpZo.jpg)
_bbsRSO7W0E.jpg)
_1KTal4omOG.jpg)
_YMnRctvz1m.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण