राष्ट्रपति भण्डारीको निजी निवास तयार, तस्बिरहरू

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाड्ने भएकी छन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह सोमबार दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको छ । ‘दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ भएकाले २ बजे भित्र उहाँ (विद्यादेवी भण्डारी)ले शीतल निवास छोड्नुहुन्छ’, भण्डारीका स्वकीय सचिव अधिकारीको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ ।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।
भण्डारी शीतलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारी गरेपछि त्यहाँ सुरक्षा लगायतको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
-
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला
-
वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू