माओवादी धारको संयुक्त अन्तरक्रिया चैत ८ गते हुने
काठमाडौँ । माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने भएको छ । फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि मात्रै हुने भएको हो । गत आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत ८ गते मात्रै अन्तरक्रिया गर्ने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘हामीबीच असमझदारी बढेर होइन ।
कार्यक्रम गर्न हलको समस्या भएकाले अन्तरक्रिया सारेका हौं’ रातोपाटीसँग कुरा गर्दै बुढाले भने,‘ अन्तरक्रिया कार्यक्रमको मोडालिटी र वक्ताको फाइनल गरेर कार्यक्रम गरिने छ ।’ जनयुद्धकालीन मुद्दाका विषयमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरिने बुढाले बताए । पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।
अहिले माओवादी धार ६ पुगेका छन् । यसअघि नौ माओवादी धार भएपनि असमझदारी राखेर तीन पार्टी अलग भएका छन् । जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण