‘प्रसाद २’ का निर्माता सुभाष थापाविरुद्ध ठगी मुद्दामा उजुरी
काठमाडौँ । फिल्म ‘प्रसाद २’ का निर्माता सुभाष थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । थापाविरुद्ध अर्को निर्माता केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा उजुरी दर्ता भएको हो ।
थापाले फिल्मको निर्माता बनाउने भन्दै पैसा लिएर ठगी गरेको पाण्डेको उजुरीमा उल्लेख छ । थापाविरुद्ध बैंकिङ कसुरमा उजुरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौँमा एसपी सिताराम रिजालले बताए ।
गत असारमा टिमभित्रको असमझदारीले छायांकन स्थलमा पुगेर पनि फिल्मको छायांकन हुन सकेको थिएन । मंसिरबाट छायांकन त सुरु भयो तर निर्मातामा पाण्डे थाहा पाएनन् । फिल्म निर्माण बापत मुनाफाको रकम बाँड्ने सहमतिमा थापाले एक वर्ष अगाडि उक्त रकम लगेको तर अर्कै निर्माता ल्याएर फिल्म निर्माण गरे पनि आफ्नो रकम फिर्ता नगरेकाले पाण्डेले उजुरी दिएका हुन् ।
निर्माता थापाले माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चारवटा चेक दिएको तर खातामा पर्याप्त मौज्दात रकम नभएकाले चेक नसाटिएपछि प्रहरी परिसरमा चेक बाउन्स (बैंकिङ कसुर) र ठगीको उजुरी हालेका हुन् ।
उनले ‘प्रसाद २’ को प्रदर्शन रोक्न केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा समेत निवेदन दिएका छन् । ‘प्रसाद २’ आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण