शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सोमबार, २९ फागुन २०७९, १८ : ४७
सोमबार, २९ फागुन २०७९

युएई । गैरआवासिय नेपाली संघ (एनआरएनए) युएई र नेपाल एसोसियसनबीच एकता भएको छ । दुवै संस्थाले संयुक्तरुपमा वार्षिक भेला सम्पन्न गरेर विश्वभर रहेका गैरआवासिय नेपालीलाई सकारात्मक सन्देश दिन सफल भएका छन् ।

दुवै संस्थालाई एकताबद्ध गराउन एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, नेपाली जनप्रगतीशिल मञ्च युएईका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी प्रसाद तिमल्सिना, एनआरएनए युएईका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक रमेश श्रेष्ठ, एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानालगायतले पहल गरेका थिए ।

संयुक्त वार्षिक भेलाले एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नेतृत्वमा आगामी कार्यकालका लागि ४३ सदस्यीय कार्यसमितिसमेत चयन गरेको हो । यो एकता भेलाले एनआरएनए आइसीसीलाई समेत एकताको लागि सोच्न बाध्य बनाएको छ ।

नवगठित कार्यसमितिको प्रमुख संरक्षकमा रमेश श्रेष्ठ र सल्लाहकारमा बाबुराम विश्वकर्मा,भुवानी प्रसाद तिमल्सिना,टक गुरुङ, प्रमोद श्रेष्ठ, शशी  सिलवाल र मेघराज सापकोटालाई नियुक्त गरिएको छ । 

यसैगरी वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, कृष्णप्रसाद पौडेल,नरेश सेन, मदन अधिकारी, जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, नोमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल,मनोज कुमार सैजु र कृष्ण ठाकुर चयन भएका छन् भने महिला उपाध्यक्षमा सोनाम श्रेष्ठ चयन भएकी छिन ।

यस्तै महासचिवमा दीपक खड्का, सचिवमा पुस्कर सापकोटा, ताराबहादुर बोहरा,सुमन पराजुली, वीरेन्द्र नकर्मी , मुन्ना साम्सुल हक , निराजन खत्री र कुमार लम्साल चयन भएका छन् भने कोषाध्यक्षमा बिष्णुलाल श्रेष्ठ तथा सहकोषाध्यक्षमा रमेश गौतम र प्रकाश थापा चयन भएका छन् ।

यसैगरी युवा संयोजकमा भिम मल्ल ठकुरी, युवा सह–संयोजकमा अपिल भट्टराई र शम्भु पोखरेल चुनिएका छन् । 

केन्द्रीय सदस्यहरुमा भरत पराजुली, सुनील गहतराज, विनोद बस्नेत, कृष सुनार, तुलसीराम सुनार, नवराज श्रेष्ठ, ईश्वर श्रेष्ठ, बिक्रम तामाङ्ग, प्रेमबहादुर शाही, शैलेन्द्र खड्का, अशोक केसी, सुनिल कटुवाल, जीवनसिंह ठकुरी, किरनकुमार राई र एलिना फूयाँल चयन भएका छन् ।

कार्यक्रममा नेपाली दूतावासका कार्यवाहक राजदूत विशाल भट्टराईले  एनआरएनए युएईले गरेका कार्यको प्रशंसा गर्दै यो एकताले दूतावासलाई अझै सहज भएको र आगामी दिनमा सहकार्य गर्दै अगाडी बढ्ने बताए । एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीले दुई संस्था एकता भएकोमा आफू अत्यन्तै खुसी भएको बताउँदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप