बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : देशको पहाडी भू-भागमा चट्याङ्गसहित वर्षको सम्भावना

मङ्गलबार, ३० फागुन २०७९, ०६ : १३
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। 

आज दिउँसो  देशका  पहाडी भू–भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। 

राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा  मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप