शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जसिताको फष्टलुकमा यस्तो देखियो ‘ज्याकीः आई एम ट्वान्टी वान’

मङ्गलबार, ३० फागुन २०७९, १० : ५७
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ३ वटा पोस्टरमा नायक धिरज मगरको मात्र गेटअप समेटिएको थियो । फस्टलुकमा गुरुङको डान्सर अवतारमा देख्न सकिन्छ ।

रेनशा राई रानाको निर्देशन रहेको फिल्ममा जसिता ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ । प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो फिल्मलाई निर्माण पक्षले डान्स ड्रामा भनेको छ ।

फिल्मको केही अगाडि सार्वजनिक टिजरमा समावेश संवाद टिकटकमा भाइरल भैसकेको छ । अब, जसिताको पनि गेटअप सार्वजनिक भएपछि दर्शकमा उत्सुकता पैदा हुनसक्छ । आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यसअघि ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी फिल्म बनाएकी रेनशाले यस पटक धिरज र जसितालाई लिएर डान्सको विषयमा कथा भनेकी छिन् । यो फिल्ममा रेनशा राई रानाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालीप्रसाद बाँस्कोटाको सङ्गीत, सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन छ ।  

jasita3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप