शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

मङ्गलबार, ३० फागुन २०७९, ११ : ४५
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिक  पक्राउ परेका छन् । उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK LHASAWA र ५९ वर्षीया  KALSANG CHODON रहेका छन् ।

भिस्तारा एयरको उडानद्धारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा भारतीय रूपैयाँ फेला परेपछि पक्राउ गरिएको थियो ।     यस सम्बनधमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप