‘गुरु आमा’ मा बन्दै मिथिला
मङ्गलबार, ३० फागुन २०७९, १५ : ०४
काठमाडौँ । फिल्म ‘गुरु आमा’ निर्माण हुने भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री मिथिला शर्मा रहेकी छन् । फिल्मको लेखन सुशील पंगेनीले गरेका हुन् । फिल्मको लेखन कार्य सकिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
केही अगाडि विकास बोर्डमा नाम समेत दर्ता भएको फिल्म प्रेम सोनी सुनुवारले निर्देशन गर्न लागेका हुन् । निर्माण तथा कथा समेत निर्देशक सुनुवार रहेको छ ।
शिक्षा व्यवसाय होइन भन्ने मुख्य थिममा निर्माण हुन लागेको फिल्मको बाँकी कलाकार छनौट भइरहेको छ । फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहनेछ ।
वैशाखको अन्तिमबाट छायांकनमा सुरु हुने फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्मका लागि मध्यनजर गरेर निर्माण हुन लागेको हो । फिल्मको प्राविधिक तथा बाँकी कलाकार औपचारिक कार्यक्रम सहित सार्वजनिक गर्ने योजना निर्माण युनिटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण