गठबन्धन ५ वर्षसम्म एकीकृत सोचका साथअघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू एकीकृत रूपमा अघि बढ्नुपर्ने बताए ।
उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए ।
‘नागरिकमा रहेको वितृष्णालाई हल गर्ने कुरामा हामीले विगतमा भन्दा फरक दृष्टिकोणका साथ जानुपर्छ,’ उनले भने, ‘नागरिकलाई राष्ट्रपति को भन्नुभयो, को प्रधानमन्त्री बन्नुभयो । कांग्रेसले को कोलाई मन्त्री बनायो भन्ने कुरा कम सरोकारको विषय बन्छ ।’
अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या समाधानमा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । शर्माले भने, ‘अर्थतन्त्रमा अहिले केही सकारात्मक संकेत देखिएका छन् । त्यसलाई कसरी आशा र विश्वास जगाएर जाने भन्नेमा सन्दर्भमा राष्ट्रले सिंगो रुपमा सोच्नुपर्छ ।’
बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण