डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
मङ्गलबार, ३० फागुन २०७९, २० : ०५

काठमाडौँ । डोटीमा जिप दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
दिपायल सिलगढी नगरपालिका-६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-७ की ६५ वर्षीया धौलीदेवी विष्टको मृत्यु भएको हो। उनी र ३२ वर्षीय विष्णु बोहराको उपचारको लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको थियो।
त्यहीँ उपचारको क्रममा धौलीदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। घाइते ९ वर्षीया टंककुमारी उपाध्याय, २४ वर्षीया दुर्गादेवी विष्ट लगायत तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष
-
नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द हुने