‘कतै म हराएकी’ भन्दै उमेशसँग रोमान्टिक बनिन् मिस पवी
बुधबार, ०१ चैत २०७९, ०७ : २२
काठमाडौँ । टिकटकमा ‘मिस पवी’ को रूपमा चर्चित पवित्रा साँकी पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै देखिन थालेकी छन् ।
यस्तैमा उनी अभिनीत नयाँ म्युजिक भिडियो ‘कतै म हराएकी’ सार्वजनिक भएको छ । गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको गीतमा विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको सङ्गीत छ ।
भिडियो अभिनयमा मिस पवीलाई मोडल उमेश भट्टले साथ दिएका छन् । एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकथा देखाउन भिडियो प्रस्तुत गरिएको छ ।
उमेश भट्टकै निर्देशन रहेको भिडियोको कोरियोग्राफी राजिव समरले गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायाङ्कन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण