रुसी लडाकु विमानसँग ठोक्कियो अमेरिकी ड्रोन, ब्ल्याक सीमा डुब्यो
बुधबार, ०१ चैत २०७९, १० : ०२
अमेरिकी मानवरहित ड्रोन रुसी विमानसँग ठोक्किएपछि ब्ल्याक सीमा डुबेको छ । अमेरिकी सेनाले यसबारे जानकारी दिएको हो । युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच प्रत्यक्ष टकराबको जोखिम कति बढिरहेको छ भन्ने यो घटनाले देखाउँछ ।
अमेरिकाका अनुसार यो ड्रोन अन्तर्राष्ट्रिय एयर स्पेसमा आफ्नो नियमित उडानमा थियो जब दुई रुसी लडाकु विमानले यसलाई रोक्ने कोसिस गर्यो । यसैबीच रुसले यो ड्रोन तीव्र गतिमा रुट परिवर्तन गरेपछि दुर्घटना भएको बताएको छ ।
रुसले दुवै विमान सम्पर्कमा आएको खबरको खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू–९ रिपर ड्रोन आफ्नो ट्रान्सपोन्डर अफ गरेर उडिरहेको बताएको थियो ।
ट्रान्सपोन्डरहरू सञ्चार उपकरणहरू हुन् जसको मद्दतले विमानहरू ट्र्याक गरिन्छ । रिपर ड्रोन सर्भिलान्स एयरक्राफ्ट हुन् जसका पखेटा २० मिटर लामो हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण