स्ववियु निर्वाचन : चितवनमा सुरक्षा परिचालन योजना लागू
चितवन । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने १६ वटा क्याम्पसमा लक्षित गरी योजना लागू गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार योजनाअन्तर्गत चार सय प्रहरी परिचालन गरिने छ । निर्वाचन हुने कलेजको सुरक्षा, मोबाइल गस्ती, आवश्यकताअनुसार परिचालन गर्न तयारी टोलीसहित योजना लागू गरिएको हो । निर्वाचनलाई लक्षित गर्दै शङ्कास्पद वस्तु भेटिन थालेकाले योजनालाई थप प्रभावकारी बनाउन लागिएको उनले बताए ।
स्ववियु निर्वाचन कार्यातालिका अनुसार उम्मेदवारको नामा प्रकाशन पछि अहिले विद्यार्थी सङ्गठन प्रचारप्रसारमा लागि रहेका छन् । प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटनालाई अध्ययन र विश्लेषण गरेर योजना लागू गरिएको उनले बताए । निर्वाचनको विषयमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग समन्वय गरेर काम भइरहेको पण्डितले बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्ववियु निर्वाचनका लागि समन्वयात्मक सुरक्षा रणनीति अपनाइएको बताए । उनले भने, “स्ववियु निर्वाचन हुने कलेजमा कलेज प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण