अमेरिकामा पुनः टिकटक प्रतिबन्धको धम्की, अमेरिकाले राख्यो कडा सर्त

लोकप्रिय भिडियो एप टिकटकलाई अमेरिकाले प्रतिबन्ध गर्ने चेतावनी दिएको छ । चिनियाँ मालिकहरूले हिस्सेदारी विक्री नगरे अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।
समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन् ।
अमेरिकाले लामो समयदेखि टिकटकले अमेरिकी उपभोक्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा विगतमा पनि अमेरिकी सरकारसँग कम्पनीको सम्बन्ध तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।
TikTok says US threatens ban if Chinese owners don't sell stakes https://t.co/UascGeNRh5 pic.twitter.com/KRiaULoxt0
— Reuters (@Reuters) March 16, 2023
सन् २०२० मा, टिकटकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा प्रतिबन्ध लगाइएको थियो । तर, पछि अमेरिकी अदालतले सरकारको उक्त निर्णयलाई अस्वीकार गरेको थियो ।
वर्तमान बाइडेन प्रशासनको कार्यकालमा पहिलो पटक टिकटकमा प्रतिबन्धको धम्की आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोकिन कारोबारमा संलग्न दुई भारतीय महिला पक्राउ, नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट तस्करी
-
प्रधानमन्त्रीलाई ओलीको प्रश्न : किन विदेश जाँदै हुनुहुन्छ, दावेदारी कि तावेदारी ?
-
चार हजारभन्दा बढी अफगान शरणार्थी घर फर्किए
-
फिलिपिन्स पानीजहाज आगलागी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ७ जना बेपत्ता
-
तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी
-
सलमान खानलाई बम्बे उच्च अदालतबाट ठुलो राहत, के हो घटना ?