अमेरिकामा पुनः टिकटक प्रतिबन्धको धम्की, अमेरिकाले राख्यो कडा सर्त
लोकप्रिय भिडियो एप टिकटकलाई अमेरिकाले प्रतिबन्ध गर्ने चेतावनी दिएको छ । चिनियाँ मालिकहरूले हिस्सेदारी विक्री नगरे अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।
समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन् ।
अमेरिकाले लामो समयदेखि टिकटकले अमेरिकी उपभोक्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा विगतमा पनि अमेरिकी सरकारसँग कम्पनीको सम्बन्ध तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।
TikTok says US threatens ban if Chinese owners don't sell stakes https://t.co/UascGeNRh5 pic.twitter.com/KRiaULoxt0
— Reuters (@Reuters) March 16, 2023
सन् २०२० मा, टिकटकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा प्रतिबन्ध लगाइएको थियो । तर, पछि अमेरिकी अदालतले सरकारको उक्त निर्णयलाई अस्वीकार गरेको थियो ।
वर्तमान बाइडेन प्रशासनको कार्यकालमा पहिलो पटक टिकटकमा प्रतिबन्धको धम्की आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण