शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँगको अस्वभाविक गठबन्धनबाट माओवादी मुक्त भयो : विमलेन्द्र निधि

बिहीबार, ०२ चैत २०७९, १४ : ३९
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वभाविक गठबन्धनबाट माओवादी मुक्त भएको बताएका छन्।

नेपाली कांग्रेस ललितपुर नगर समितिद्वारा बिहीबार बिहान मंगलबजारमा आयोजित भेटघाट कार्यक्रममा कांग्रेस नेता निधिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर कांग्रेसले परिपक्वपूर्ण निर्णय गरेको बताए।

निर्वाचन लगत्तै गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसजनमा निराशा छाएको भए पनि विश्वासको मत दिएपछि कोर्ष करेक्सन भएको उनको भनाइ थियो।

गठबन्धनकारी दलहरुबीच राष्ट्रपति निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सर्वसम्मत भएको उल्लेख गर्दै नेता निधिले उपराष्ट्रपति निर्वाचन लगत्तै सरकारले विश्वासको मत लिने बताए।

सरकारले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा जाने भन्दै उनले गठबन्धनकारी दलहरुबीच भएको सहमति अनुसार सरकार पाँच वर्षसम्म कायम रहने बताए।

पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा माधव नेपाल र निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने निधिले बताए। उनले गठबन्धनकारी दलहरुको पहलमा पाँच वर्षभित्र संविधान कार्यान्वयन गराउने उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप