अक्षय कुमारको ‘ओमाईगड २’ हलमा नलाग्ने
मुम्बई । अभिनेता अक्षय कुमारको पछिल्लो समय फिल्म राम्रो चलिरहेको छैन । सम्राट पृथ्वीराज, राम सेतु र बच्चन पाण्डे जस्ता उनका महत्वकांक्षी फिल्महरु फ्लप भएका छन् ।
२०२२ को अन्त्यमा रिलिज भएको ‘सेल्फी’ ले पनि राम्रो दर्शक पाउन सकेन ।
सायद, त्यसैले होला अभिनेता आफ्नो बहुप्रतिक्षित फिल्म ‘ओमाईगड २’ हलमा रिलिज नगर्ने निर्णय गरेका छन् । उनले फिल्म हलको सट्टा सिधै ओटीटीमा रिलिज गर्ने निर्णय गरेको बलिउड मिडियाले जनाएका छन् ।
अक्षयकुमार बलिउडमा ‘खिलाडी’को रुपमा पनि परिचित छन् । दर्शकलाई हलसम्म कसरी तान्ने भन्ने राम्ररी बुझेका अभिनेता पनि हुन् । तर पनि उनका पछिल्ला केही फिल्म फ्लप भए ।
‘ओमाईगड २’का निर्देशक अमित राई हुन् । अश्विन वर्देका साथ अक्षयकुमार समेत निर्माता रहेको फिल्ममा अक्षय कुमारसँगै पंकज त्रिपाठी, अरुण गोभिल र यामी गौतम लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म भारतीय शिक्षा प्रणालीमा आधारित छ । फिल्मको पहिलो सिक्वेल ‘ओमाईगड’ ले बक्सअफिसमा राम्रो व्यवसाय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण