पाल्पामा ३ लाख बढीको समान बरामद
बिहीबार, ०२ चैत २०७९, १८ : ५०

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले ३ लाख बढीको समान बरामद गरेको छ । प्रहरीले बिहीबार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३ पैठे डाँडाबाट अवैध समान बरामद गरेको हो ।
बुटवलबाट गुल्मीतर्फ लु२ च५४८९ नम्बरको पिकअप बलेरोमा लैजाँदै गरेको उक्त समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार ९८२ के.जी. चियापत्ती, ईम्ली मिठाई ६ कार्टुन, सनपापडी मिठाई ५ कार्टुन गरी करिब मूल्य ३ लाख ६ हजार मूल्यको उक्त समान बरामद गरिएको हो ।
बरामद गरिएको समान, गाडी र चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा ४२ वर्षीय पुरुषले छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरे
-
हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री राणा
-
निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो
-
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको पहिलो निधन
-
के छ आईपीएलको नयाँ रिप्लेसमेन्ट नियममा ?