उपराष्ट्रपति निर्वचन
उपराष्ट्रपति चयनका लागि मतदान सुरु
शुक्रबार, ०३ चैत २०७९, १० : ००
काठमाडौँ । उपराष्ट्रपति चयनका लागि संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको छ ।
बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन् ।
उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन् । यद्यपि प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण