बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने मेरो पहिलो भूमिका हुन्छ : यादव

शुक्रबार, ०३ चैत २०७९, १५ : ४५
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफू निर्वाचित भए राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यादवले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताएका हुन् । 

‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको जे काम र अधिकार छ । त्यसैअनुसार संविधानको पालना गर्ने, रक्षा गर्ने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने मेरो प्राथमिकता र भूमिका हुनेछ’, यादवले भने, ‘नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ ।’ 

साथै उनले राष्ट्रपतिको सहयोगीको भूमिका निर्वाह गर्ने यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप