उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने विषयमा रास्वपा अझै अनिर्णित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले उपराष्ट्रपतिको विषयमा अझै निर्णय गरेको छैन । आज उपराष्ट्रपतिको चुनाव हुने दिन भएपनि सो पार्टीले सवा एक बजेसम्म कसलाई मतदान गर्ने भनेर निर्णय गरेको छैन । उपराष्ट्रपतिको मतदान गर्ने समय आज ३ बजेसम्म मात्रै तोकिएको छ । अहिले मतदान जारी छ ।
सो पार्टीका नेताहरुले बैठक जारी भएकाले केहीबेरमा निर्णय गर्ने बताएका छन् । ‘अझै निर्णय भएको छैन । अबको केहिबेरमा उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने निर्णय हुन्छ, त्यसपछि सार्वजनिक हुन्छ’ रास्वपाका मनिष झाले भने । उपराष्ट्रपतिको चुनावको मतदान सकिन लाग्दा समेत रास्वपाले निर्णय गर्न नसक्दा धेरै चकित परेका छन् ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट २ जनाले उम्मेदवारी दिएका छन् । जसमा जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाले दिएका उम्मेदवारी छन् । यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति