उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
सारांश
- पञ्जाब किंग्सले आईपीएलको खेलमा राजस्थान रोयल्सलाई १० रनले पराजित गर्दै प्लेअफको आशा कायमै राखेको छ।
- राजस्थानले २२० रनको लक्ष्य पछ्याउँदै २० ओभरमा २०९ रन मात्र बनाउन सक्यो, यशस्वी जैसवाल र ध्रुव जुरेलको उत्कृष्ट प्रदर्शनको बाबजुद।
- पञ्जाबका हरप्रित ब्रारले ३ विकेट लिए भने नेहाल वाधेराले ७० रन बनाए, जसले पञ्जाबलाई जित दिलाउन महत्त्वपूर्ण योगदान दिए।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५९ औँ खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई १० रनले हराउँदै प्लेअफमा पुग्ने आशा जीवितै राखेको छ ।
सोमबार भएको खेलमा २२० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०९ रन मात्र बनाउन सक्यो ।
यशस्वी जैसवाल र युवा खेलाडी वैभव सूर्यवंशीले राजस्थानलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि मात्र ४.५ ओभरमा ७६ रनको साझेदारी गरे ।
जैसवालले २५ बलमा ५० रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । योसँगै उनी यो सिजन सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा पुगेका छन् । उनले १३ खेलमा ५२३ रन जोडेका छन् । उनले ५१० रन बनाएका मुम्बई इन्डियन्सका सूर्यकुमार यादवलाई उछिनेका हुन् ।
सूर्यवंशीले १५ बलमा ४ चौका र ४ छक्का हिर्काउँदै ४० रन बनाए । कप्तान सञ्जु सामसनले २० रन तथा रियान परागले १३ रन बनाए । ध्रुव जुरेलले शानदार ब्याटिङ गर्दै ३१ बलमा ५३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
पञ्जाबका लागि हरप्रित ब्रारले ४ ओभरमा २२ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । अजमतुल्लाह ओमरजाई र मार्को यानसेनले २–२ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१९ रन बनाएको थियो । टोलीका लागि नेहाल वाधेराले सर्वाधिक ७० रनको योगदान दिए । उनले मात्र ३७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे । यो सिजन उनको यो दोस्रो अर्धशतक हो ।
शशांक सिंहले पनि अर्धशतकीय इनिङ्स खेले । उनले ३० बलमा ५ चौका र ३ छक्काको मद्दतले ५९ रन जोडे । उनलाई खेलको अन्त्यतिर अजमतुल्लाह ओमरजाईले ९ बलमा २१ रन बनाउँदै राम्रो साथ दिए ।
यसअघि, कप्तानले श्रेयर अय्यरले २५ बलमा ३० रन जोडेका थिए । उनले ४ चौका र ३ छक्का हिर्काए । ओपनर प्रभसिमरन सिंहले पनि १० बलमा २१ रन बनाए ।
राजस्थानका लागि तुसार देशपाण्डेले २ तथा क्वेना माफाका, रियान पराग र आकाश मधवालले १–१ विकेट लिए ।
जीतपछि १२ खेलबाट १७ अंक बटुल्दै टोली दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरुको पनि समान खेलबाट १७ अंक नै रहे पनि राजस्थान नेट रनरेटमा केही पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026