अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी
शनिबार, ०४ चैत २०७९, ०५ : ५४
मस्को । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ । यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने पनि समावेश छ। यी अपराध युक्रेन मा २४ फेब्रुअरी २०२२ देखि भएको उल्लेख, जब रूसले आफ्नो पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो।
रुसले भने आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ। पक्राउ पुर्जी बारे प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको ‘कुनै महत्त्व’ नभएको जिकिर गरिन् । प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनिन्, ’अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण