कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक
शनिबार, ०४ चैत २०७९, १३ : २०
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पौडेलले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसले कार्यसम्पादन समितिका बैठक बोलाएको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्नेछ । साथै सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण