सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा सुरु
काठमाडौँ । सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमा जारी आजको बैठक सत्ता बाँडफाँड, प्रधानमन्त्रीको विश्वासको मत लगायतको विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले यही चैत्र ६ गते विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएसँगै प्रधानमन्त्रीले सत्ता बाँडफाँडको विषय टुङ्ग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देशको आन्तरिक राजनीति सेटल नहुँदा प्रधानमन्त्रीको भारत भ्रमणको मिति समेत टुंगो लाग्न सकेको छैन ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरत सिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण