हत्या आरोपी छुटेको विरोधमा रौतहटमा प्रदर्शन
रौतहट । रौतटहटमा हत्या आरोपीलाई अदालतले धरौटीमा रिहा गरेको विरोधमा प्रदर्शन भएको छ । शनिबार एक महिलाको हत्या आरोपमा परेका आरोपीलाई छाडिएको विरोधमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मौलापुर घेराउ गरेका हुन् । मौलापुर नगरपालिका ९ की सुगन्धी देवी यादवको माघ २५ गते कुटपिटपछि मृत्यु भएको थियो ।
सुगन्धीदेवीमाथि खेतामा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी सुगन्धीदेवीलाई उपचार गर्न वीरगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतीले बताए ।
उनको मृत्युलगत्तै प्रहरीले उनतराय यादव, मधानी देवी, कलावती देवी लगायतलाई पक्राउ गरेको थियो । तर मुख्य आरोपी भोलालाई भने प्रहरीले भारतको अठमोहनाबाट पक्राउ गरेको थियो । अदालतको आदेशपछि भोलासहित ३ जनालाई रिहा गरिएको छ ।
पीडित परिवारले हत्या आरोपी पनिलाल लगायतका अभियुक्तहरुलाई धरौटीमा छोडिएको भन्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले पीडित परिवारसँग मृत्यु प्रकरणका विषयमा थप खोजविन गर्ने सहमति गरेपछि प्रदर्शन रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण