एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आइतवार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए । नेता खतिवडाले राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्पन्न भैसकेको अवस्थामा समसामयीक राजनीतिक विषयमा छलफलका एजेण्डा रहेको बताए ।
‘समसामयिक भनेपछि सरकारमा जाने नजाने, विश्वासको मत, पार्टीको सांगठानिक विषय लगायतमा छलफल हुन्छ’, खतिवडाको भनाइ छ । एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैछ । त्यसका लागि पार्टीबाट कसले नेतृत्व गर्ने भन्ने निर्णय गर्न बाँकी छ । समाजवादीले कम्तिमा तीनवटा मन्त्रालयको दावी गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार विश्वासको मत लिएपछि कांग्रेससहितका पार्टीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्दैछन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले गृह, अर्थसहितका मन्त्रालयमा आफ्नो पार्टीको दावी रहेको बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण