शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने

आइतबार, ०५ चैत २०७९, ११ : २६
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आइतवार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए ।  नेता खतिवडाले राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्पन्न भैसकेको अवस्थामा समसामयीक राजनीतिक विषयमा छलफलका एजेण्डा रहेको बताए । 

‘समसामयिक भनेपछि सरकारमा जाने नजाने, विश्वासको मत, पार्टीको सांगठानिक विषय लगायतमा छलफल हुन्छ’, खतिवडाको भनाइ छ ।  एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैछ । त्यसका लागि पार्टीबाट कसले नेतृत्व गर्ने भन्ने निर्णय गर्न बाँकी छ । समाजवादीले कम्तिमा तीनवटा मन्त्रालयको दावी गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार विश्वासको मत लिएपछि कांग्रेससहितका पार्टीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्दैछन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले गृह, अर्थसहितका मन्त्रालयमा आफ्नो पार्टीको दावी रहेको बताइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप