मोहनले जित्दा किन नाचिन् सरिता ?
काठमाडौंँ । शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेनबाट संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छ । दिनभर भरिभराउ भएको महाधिवेशनस्थित साँझ भने झन् रौनकपूर्ण रह्यो । अध्यक्ष पदमा मोहन निरौला विजयी भएपछि थुप्रै कलाकारले गीत गाउँदै नाचगान समेत गरे । त्यो भिडमा अभिनेत्री सरिता लामिछाने पनि रहेकी थिइन् । ३ वर्ष अगाडिको निर्वाचनमा रविन्द्र खड्कासँग पराजित उनी यो पटकको निर्वाचनमा भोटरको रुपमा मात्र सहभागी भइन् ।
मतगणना स्थलमा अबेर साँझम्म बसेकी उनी अध्यक्षमा मोहन निरौलाले जित्दा निकै प्रफुल्लित मुन्द्रामा नाचगानमा समेत सहभागी भइन् । अध्यक्ष पदमा मोहन निरौला जित्दा आफंैले जिते जस्तो भएको भन्दै उनले खुशी व्यक्त समेत गरिन् । मोहनले जितेकोमा खुशी व्यक्त गर्दै सरिता नाच्दा उनलाई अन्य कलाकारले समेत साथ दिएका थिए । सरिता छमछमी नाच्दा सदस्य पदमा विजयी कलाकार गोपाल ढकालले उनलाई जुरुक्कै बोकेका थिए ।
कतिपयले सरिता नाच्नुको पछाडि अघिल्ला महाधिवेशनसँग पनि जोडेका छन् । जुन महाधिवेशनमा अहिले अध्यक्ष पदमा पराजित रेजिना सरिताको विपक्षमा लागेकी थिइन् । कारण जे भएपनि सरिताको नृत्यले भने मध्यरातमा पनि महाधिवेशन स्थलमा रौनक भित्र्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण