शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

आइतबार, ०५ चैत २०७९, १३ : ४६
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको दिने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले बताए । एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भाली संसदमा विश्वासको मत लिँदैछन् ।

हिजो बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप