आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतबाट किशोरीको उद्धार

आइतबार, ०५ चैत २०७९, १४ : ५६
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । भारतको बिहारबाट एक किशोरीलाई उद्धार गरिएको छ । सिरहाको गोलबजार नगरपालिका धर्मपुर निवासी १५ वर्षीय किशोरीलाई सामाजिक अभियन्ता सरोज रायले उद्धार गरी नेपाल ल्याएका हुन् । 

रायले यसअघि पनि भारतबाट सयौँ बालबालिकालाई उद्धार नेपाल फिर्ता ल्याएका थिए । भारतको मधुवनीस्थित बालकल्याण समितिको मद्दतमा किशोरीलाई घर फिर्ता ल्याउन सफल भएको अभियन्ता रायले बताए । 

समितिले नै किशोरीलाई नेपाल फर्काउन रायलाई सम्पर्क गरेको थियो । त्यसपछि बालिकाको विषयमा घर परिवारलाई पत्ता लगाएर आवश्यक कागजात तयार गरी भारतबाट उद्धार गरिएको उनले बताए । 

गत असार ५ गते घरमा बुवा वैवाहिक कार्यक्रममा गएका बेला ती किशोरी भारतको दरभंगा हुँदै एक नेपालीसँगै हैदराबाद पुगेकी थिइन् । हैदराबादमा प्रहरीलाई शंका लागेपछि किशोरीसँग सोधपुछ गर्दा नेपालबाट भागेर आएको खुलेको थियो ।  उनलाई समातेर त्यहीको बाल कल्याण समितिमा बुझाइएको थियो । उनका बुबाको आर्थिक अवस्था कमजोर रहेको र आमाले अर्कै बिहे गरेको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप