भारतबाट किशोरीको उद्धार
काठमाडौँ । भारतको बिहारबाट एक किशोरीलाई उद्धार गरिएको छ । सिरहाको गोलबजार नगरपालिका धर्मपुर निवासी १५ वर्षीय किशोरीलाई सामाजिक अभियन्ता सरोज रायले उद्धार गरी नेपाल ल्याएका हुन् ।
रायले यसअघि पनि भारतबाट सयौँ बालबालिकालाई उद्धार नेपाल फिर्ता ल्याएका थिए । भारतको मधुवनीस्थित बालकल्याण समितिको मद्दतमा किशोरीलाई घर फिर्ता ल्याउन सफल भएको अभियन्ता रायले बताए ।
समितिले नै किशोरीलाई नेपाल फर्काउन रायलाई सम्पर्क गरेको थियो । त्यसपछि बालिकाको विषयमा घर परिवारलाई पत्ता लगाएर आवश्यक कागजात तयार गरी भारतबाट उद्धार गरिएको उनले बताए ।
गत असार ५ गते घरमा बुवा वैवाहिक कार्यक्रममा गएका बेला ती किशोरी भारतको दरभंगा हुँदै एक नेपालीसँगै हैदराबाद पुगेकी थिइन् । हैदराबादमा प्रहरीलाई शंका लागेपछि किशोरीसँग सोधपुछ गर्दा नेपालबाट भागेर आएको खुलेको थियो । उनलाई समातेर त्यहीको बाल कल्याण समितिमा बुझाइएको थियो । उनका बुबाको आर्थिक अवस्था कमजोर रहेको र आमाले अर्कै बिहे गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका १० पालिकामा नमुना कृषि कार्यक्रम लागू गर्ने योजना छ : मन्त्री चौधरी
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण