शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखको पत्रकारहरुप्रतिको टिप्पणी आलोच्य छ : महामन्त्री शर्मा

आइतबार, ०५ चैत २०७९, १७ : १६
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना बताएका छन् । आइतवार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताए । सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भिर ‘नोटिस’ मा रहेको उनले बताए । उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए ।

उनले भने– ‘त्यो विषय वास्तवमै गम्भीर छ । किनभने व्यक्तिको रुपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो । तर पार्टीको महामन्त्रीको रुपमा या सांसदको रुपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरु हुन्छन् । त्यसैले के हो भने झापा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको नेकपा (एमाले) का सांसदका रुपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो । तर नेपाल देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडि हजारपटक सोच्नु पनि पर्छ । उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भिर नोटिसमा समाजको सामुन्ने छ । त्यसप्रति हामी सबैको विमत्ति छ ।’ 

शर्माले भने, ‘राष्ट्रको चौथो अंग भनेको अहिलेको लोकतान्त्रिक रुपान्तरण दलहरुले गराइदिएर अनि त्यसको अधिकार भोगिरहेको मात्रै होइन, यो लोकतान्त्रिक रुपान्तरण गर्नका लागि आफैँ संलग्न भएको चौथो अंग हो । त्यसकारण कुनै व्यक्तिको बारेमा कहिँ कतै टिप्पणी छ भनेपनि त्यसलाई अलग रुपमा राख्ने एउटा विषय हो । तर समग्रतामा पत्रक रहरुको बारेमा, चौथो अंगको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ । हाम्रो लागि आलोच्य छ, उहाँको लागि आत्मआलोचना गर्नुपर्छ ।’  उनले वर्तमान सत्तारुढ गठबन्धन पाँचै वर्ष जाने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप