सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

जिरी क्याम्पस : सभापतिमा अनेरास्ववियुकी खड्का, सचिवमा अखिल क्रान्तिकारीका जिरेल निर्वाचित

आइतबार, ०५ चैत २०७९, २२ : ०८
आइतबार, ०५ चैत २०७९

दोलखा ‌। दोलखाको जिरी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट ज्योति खड्का सभापतिमा निर्वाचित भएकी छन्।  खड्का नेविसंघका उमेरदवार विनोद बस्नेतलाई २ मतान्तरले हराउँदै सभापतिमा निर्वाचित भएकी हुन् ।

सचिवमा गठबन्धनतर्फ माओवादी निकट अखिल क्रान्तिकारीका उमेदवार लिला जिरेल निर्वाचित भए । उनले २३ मत प्राप्त गरि एमाले निकट विद्यार्थी संगठनबाट उम्मेदवार बनेका आङदावा शेर्पालाई पराजित गरेका  हुन् ।

निर्वाचनमा सचिव पदबाहेक एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानलनै विजयी भएको छ ।  कोषाध्यक्षमा लक्ष्मी कार्की निर्वाचित भएकी छन् । उनले २३ मत प्राप्त गरेकी छन् । सदस्यहरुमा आकृति खड्का २३, कुशल कार्की २३ मत र सरोजकुमार जिरेलले २५ मत प्राप्त गरि विजयी भएका छन् ।

समानुपातिकतर्फ अनेरास्ववियुले २६, अखिल क्रान्तिकारीले १० र अनेरास्ववियु समाजवादीले ८ मत प्राप्त गरेका छन् ।  दोलखामा आज ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । जसमध्ये त्रिपुरा क्याम्पसमा गठबन्धनको प्यानल र प्रताप सृमति क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलकै विजयी भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप