वीरगन्जलाई अझै पाइडल रिक्सा कै भर
वीरगन्ज । कुनैबेला देशका अधिकांश सहरमा छ्याप्छ्याप्ती देखिने तीन पाङ्ग्रे पाइडल रिक्सा अहिले विस्थापित हुने सँघारमा पुगेको छ । रोजगारीको अभावका बीच नगद कमाइको सहज माध्यम बनेको यो रिक्सा चलाउन पहिले ठुलै संख्यामा मानिस सहर आएर बस्थे र रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाउँथे । तर, पछिल्लो समय विद्युतीय रिक्साले पाइडल रिक्सालाई विस्थापित गर्दै आएको छ । वीरगञ्ज एउटा त्यस्तो सहर हो जहाँ अहिले पनि पाइडल रिक्साकै क्रेज छ । छोटो दुरीमा दुई जनासम्म यात्रा गर्न अहिले पनि यही रिक्सा प्रयोग हुने गरेको छ ।
सर्लाही, बयलबासका राजनारायण भगत विगत २८ वर्षदेखि वीरगन्जमा पाइडल रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाइरहेका छन् । बजारमा विद्युतीय रिक्सा उपलब्ध भए पनि पहिलादेखि आफूले पाइडल रिक्सा नै चलाउँदै आएकोले यसमै रमाइलो लागिरहेको उनी बताउँछन् ।
_EPapR8icCH.jpg)
बिहान ६ बजेदेखि राति करिब १० बजेसम्म रिक्सा चलाउने गरेको उनको भनाइ छ । कमाइका हिसाबले विद्युतीय रिक्सा र पाइडल रिक्सामा खासै भिन्नता नरहेको उनले बताए । उनले भने, ‘फरक यति छ कि उनीहरु (विद्युतीय रिक्सा चालक)लाई मेहनत अलि कम पर्छ र हामीलाई बढी ।’ व्यापारिक केन्द्र रहेको वीरगन्जमा व्यापार व्यवसाय गर्नेहरु तथा किनमेल गर्नेहरुको बाक्लो उपस्थिति हुन्छ । उनले भने, ‘सामान ओसारपसार पनि धेरै हुन्छ यहाँ । विद्युतीय रिक्साले रोडमै सामान झारिदिन्छ । तर हामीले ५ तलामाथिसम्म बोकेरै सामान लगिदिने गरेको हुँदा पाइडल रिक्साप्रतिको आकर्षण कम भएको छैन ।’
विदेशी पर्यटकहरुको रोजाईमा पनि पाइडल रिक्सा नै पर्ने गरेको उनले बताए । भारतको बिहार घर भइ करिब दुई दशकदेखि वीरगन्जमा रिक्सा चलाउँदै आएका जित साहको अनुभव पनि भगतकै जस्तो छ । उनी भन्छन्, ‘पाइडल रिक्सा गल्लीगल्लीमा पुग्छ, अरु रिक्सा सबै ठाउँमा जाँदैन । त्यसैले अटो रिक्सा आए पनि पाइडल रिक्साको भविष्यमा कुनै असर परेको छैन ।’
_NQITJ6nAMp.jpg)
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठले पनि सबै ठाउँमा विद्युतीय रिक्सा नजाने भएकाले पाइडल रिक्सा वीरगन्जबाट विस्थापित नभएको बताए । उनले भने, ‘कतिलाई त एक्लै जानुपर्ने हुन्छ । तर, इलेक्ट्रिक रिक्सालाई ४÷५ जना नै चाहिन्छ । इलेक्ट्रिक रिक्सालाई घरमा बोलाउँदा आउँदैन । पाइडल रिक्सा घरमै आइपुग्छ । त्यस हिसाबले पनि सर्वसाधारणको रोजाइमा पाइडल रिक्सा पर्ने गरेको छ ।’
_3gufjoZOrZ.jpg)
_fBanrJ4WKT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अधिकारीको प्रश्न, ‘ठेकेदारहरूलाई ढिलासुस्तीको आरोपमा कानुनी कारबाहीको सिफारिस किन नगरेको?’
-
योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी
-
गौरवका आयोजनाहरूको लागत वृद्धि प्रति सांसद जगदीश खरेलको आपत्ति
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण