सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’

सोमबार, २९ असार २०८३, १० : १५
सोमबार, २९ असार २०८३

सारांश

  • अपर तामाकोशीको लागत वृद्धिबारे छानबिन गर्न सांसदहरुले माग गरेका छन् ।
  • राष्ट्रिय गौरवको आयोजनाको प्रगतिका विषयमा अर्थ समितिमा भएको छलफलमा सांसद सुशील खड्काले लागत वृद्धिको कारणबारे छानबिनको माग गरेका हुन् ।
  • उनले अन्य आयोजनामा लागत र समय बढ्ने समस्याको समाधानका लागि पनि यो अध्ययन आवश्यक रहेको बताए ।

काठमाडौँ । अपर तामाकोशीको लागत बढेको सम्बन्धमा छानबिन समिति गठनको माग उठेको छ । 

सोमबार अर्थ समितिमा बैठकमा राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग भएको छलफलमा सांसदहरूले यस्तो माग गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले सुरुमा ३२ अर्ब भनिएको अपर तामाकोशी बनाउन अन्तिममा ९१ अर्बसम्म कसरी पुग्यो भन्ने विषयमा छानबिन गर्नुपर्ने बताए । यो अध्ययनले अन्य आयोजनामा लागत र समय बढ्ने समस्याको समाधान हुनसक्ने उनको भनाइ छ । 

उनले ४० को दशकमा बनेका सिँचाई आयोजनाहरू अहिलेसम्म पनि जस्ताको तस्तै रहनुको कारण समेत खोज्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप