एमाले संसदीय दलको बैठक सुरु
काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवनको ल्होत्से हलमा जारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बर्तौलाले भने, ‘एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, त्यसको औपचारिक निर्णय बैठकले गर्छ ।’ नेकपा एमाले चैत ५ गतेबाट प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी बेञ्चमा बस्न पुगेको छ ।
_0HdAdi4bGe.jpg)
आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । एमालेले विश्वासको मत नदिए पनि प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने जनाइसकेकाले बहुमत सिद्ध गर्न कुनै समस्या छैन । गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्बाट विश्वासको मत लिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण