शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि

सोमबार, ०६ चैत २०७९, १३ : १२
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ ।  कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो । 
सन् २०१९ सम्म करिव १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार  पर्यटक मात्रै आएको कोषले जनाएको छ । लुम्बिनी विकास कोषका प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिना सम्ममा २५ हजार बढी विदशी पर्यटक आगमन भएको बताए । 

उनले २०२१ मा ११९७ जना विदेशी,४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको बताए । उनले २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२, भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको बताए । उनले २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक वाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा  जगाएको बताए । उनले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको बताए । 

उनले १९९६ मा विश्व सम्पदामा राख्ने सूचीमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको बताए । उनले  तिलौराकोटको २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको बताए । 

उनले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण,, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको बताए । उनले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको बताए । उनले गुरुयोजना सम्पन्न गर्नको लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको पनि बताए । 
 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप