सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारसँग न्यायबाहेक केही खोजेका छैनौं : सांसद चौधरी

सोमबार, ०६ चैत २०७९, १६ : ३२
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।  

सांसद चौधरीले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै आफूहरूले सरकारसँग न्यायबाहेक केही नखोजेको बताए । 

‘सत्तापक्षमा बस्दा नयाँ अनुभूतिको महसुस भएको छ’, चौधरीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रतिबद्धता जनाउँदै सबैलाई मत दिएको सरकारसँग न्याय मात्र खोजेको बताए । 

‘टिकापुरका राजबन्दी रेशम चौधरीलगायतबारे सरकारले आश्वासन बाहेक केही दिएन, त्यसैले प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै रेशम चौधरी लगायतलाई रिहा गरियोस्’, चौधरीले पुरानै माग दोहोर्‍याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप