सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
सुर्खेत। सबैले जसो राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको प्रदेश राजधानी वीरेन्द्रनगर स्थित सुर्खेत बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्ष पदमा अनेरास्ववियुले बाजी मारेको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुका अक्कल बहादुर सिजापतिले ९६७ मतसहित निर्वाचित भएका हुन् । सिजापतिले गठबन्धनबाट उम्मेदवार बनेका अखिल क्रान्तिकारीका हिक्मत शाहीलाई हराएका हुन् । गठबन्धनका शाहीले ४८८ मत प्राप्त गरेका छन्।
यहाँ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीलाई नेविसंघको समेत साथ रहँदा पनि चुनाव जित्न सकेन । मध्यपश्चिम विश्वविद्यालयपछि राजनीतिक दलका नेताहरूले यो क्याम्पसलाई निकै महत्त्वका साथ लिएका थिए भने स्वयं नेताहरू समेत आफै मैदानमा खटिएर आ-आफ्नो उम्मेदवारलाई भोट मागेका थिए ।
प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या रहेको यो क्याम्पसमा ३ हजार बढी विद्यार्थी सङ्ख्या रहेको थियो । यस्तै अन्य पदहरूमा पनि अनेरास्ववियुले जै जित हात पारेका छ ।
अनेरास्ववियु कर्णालीमा अन्य जिल्लामा भने शून्य जस्तै छ । सल्यानको एउटा क्याम्पस र सुर्खेतका केही क्याम्पस बाहेक अन्य जिल्लामा अनेरास्ववियुलाई नराम्रोसँग धक्का लागेको छ।
कर्णालीमा एमाले निकट विद्यार्थी सङ्गठनले जम्मा ६ क्याम्पसमा जित हात पार्न सफल भयो । प्रदेशमा सबैभन्दा बढी अखिल क्रान्तिकारीले १६, नेविसंघले १२ र एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन्। यो सँगै कर्णालीमा स्ववियु निर्वाचन सम्पन्न भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्ड र फिल्मकर्मीबिच भेटघाट
-
'माइडिया ब्रान्डका फ्यान चलाउँदा बिजुलीको बिल धेरै उठ्दैन'
-
आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन
-
‘मिस एन्ड मिस्टर आइडल’ हुने
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ : उपकुलपति बस्नेत
-
‘कल कल मुया’ भन्दै नम्रताको पछि लागे जीवन