सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
सुर्खेत। सबैले जसो राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको प्रदेश राजधानी वीरेन्द्रनगर स्थित सुर्खेत बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्ष पदमा अनेरास्ववियुले बाजी मारेको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुका अक्कल बहादुर सिजापतिले ९६७ मतसहित निर्वाचित भएका हुन् । सिजापतिले गठबन्धनबाट उम्मेदवार बनेका अखिल क्रान्तिकारीका हिक्मत शाहीलाई हराएका हुन् । गठबन्धनका शाहीले ४८८ मत प्राप्त गरेका छन्।
यहाँ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीलाई नेविसंघको समेत साथ रहँदा पनि चुनाव जित्न सकेन । मध्यपश्चिम विश्वविद्यालयपछि राजनीतिक दलका नेताहरूले यो क्याम्पसलाई निकै महत्त्वका साथ लिएका थिए भने स्वयं नेताहरू समेत आफै मैदानमा खटिएर आ-आफ्नो उम्मेदवारलाई भोट मागेका थिए ।
प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या रहेको यो क्याम्पसमा ३ हजार बढी विद्यार्थी सङ्ख्या रहेको थियो । यस्तै अन्य पदहरूमा पनि अनेरास्ववियुले जै जित हात पारेका छ ।
अनेरास्ववियु कर्णालीमा अन्य जिल्लामा भने शून्य जस्तै छ । सल्यानको एउटा क्याम्पस र सुर्खेतका केही क्याम्पस बाहेक अन्य जिल्लामा अनेरास्ववियुलाई नराम्रोसँग धक्का लागेको छ।
कर्णालीमा एमाले निकट विद्यार्थी सङ्गठनले जम्मा ६ क्याम्पसमा जित हात पार्न सफल भयो । प्रदेशमा सबैभन्दा बढी अखिल क्रान्तिकारीले १६, नेविसंघले १२ र एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन्। यो सँगै कर्णालीमा स्ववियु निर्वाचन सम्पन्न भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण