सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
मङ्गलबार, ०७ चैत २०७९, १० : ५७
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो । पछिल्लो समय नेपाली बजारका सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ थियो । जुन, आज १३ सय ४० रुपैयाँ पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण