निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यकः निर्वाचन आयुक्त तुलाधर
काठमाडौँ । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताएकी हुन् । उनले निर्वाचनका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरु गरिरहेको स्पष्ट पारिन् ।
उनले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून बनाउन आवश्यक रहेको बताइन् । उनले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानून र प्रविधिको अभाव रहेको बताइन् । उनले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गरिन् । उनले द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘साइबर अपराधको नियमन र नियन्त्रण गर्नको लागि डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्नको लागि कानून र प्रविधि पक्षको अभाव रहेको छ । अनुगमन संयन्त्र पनि पर्याप्त छैन । आयोगले नीति त बनायो तर सञ्चारको नीति अझै आउन सकेको छैन । द्वेषपूर्ण अभिव्यक्तिका कुराहरु निर्वाचनको समयमा मात्रै होइन, अघिपछिका समयमा पनि हुन्छन्, यसलाई ख्याल गर्नुपर्छ । निर्वाचनको दौरानमा अरुको बढी नराम्रा कुरा गर्ने स्वभाव रहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारेमा छलफल हुन आवश्यक छ । अब हाम्रो समय भनेको निर्वाचनको सम्पूर्ण सुधारको प्रक्रियामा हामी जाँदैछौँ । निर्वाचनको लागि यो भन्दा अझै परिष्कृत तरिकाले जानेछौँ । सशक्त कानूनको निर्माण आवश्यक्ता छ । साइबरको अपराधका लागि हामीले जिल्ला जिल्लामा विकेन्द्रिकृत गर्नुपर्छ । अहिले हामी केन्द्रिकृत छौँ ।’
निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण