शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
टुँडिखेलमा अश्वकलाका रोमाञ्चक तस्बिरहरू
घोडे जात्रा

टुँडिखेलमा अश्वकलाका रोमाञ्चक तस्बिरहरू

मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो ।  पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । 

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा मंगलबार अपराह्न परम्परागत घोडेजात्रा समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाललगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया