पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न, वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु

काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरीको जात्रा समापन भई वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु भएको छ ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन यो जात्रा गरिन्छ । पाहाँचह्रे पर्वका अवसरमा गरिने जात्रामा राजधानीका विभिन्न भागबाट मानिस आउने गर्छन् । चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते काठमाडौँ उपत्यकाका देवीदेवतालाई पूजा आराधना गरी पशुपति क्षेत्रमा वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट आइतबार सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ ।
यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दूर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।
मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरूपमा सहभागी हुने गरेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न