चितवन राष्ट्रिय निकुञ्जमा बनाइएका अवैध घरटहरा हटाइयो
चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित लोथर खोला आसपासको क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर टहराहरू हटाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित सो क्षेत्रमा घर टहरा निर्माण गरी सार्वजनिक जग्गा अतिक्रमण गरिएको कार्यालयको भनाई छ ।
अतिक्रमित क्षेत्रलाई खाली गराउन सरोकारवाला निकायसँग समन्वय गरी पटक–पटक सम्झाई-बुझाई गर्दा पनि अतिक्रमित क्षेत्रबाट घर टहरा हटाउन नमानेकोले उनीहरूलाई बल प्रयोग गरेर हटाउन परेको कार्यालयको भनाई छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन अतिक्रमण रणनीति, २०६८ बमोजिम मंगलबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खड्गदल गण तथा सिद्धिबक्स गणको संयुक्त प्रयासले ९ वटा घर टहराहरू हटाइएको कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण