सन्दीप एकदिवसीय वरीयताको २२ औं स्थानमा
बुधबार, ०८ चैत २०७९, १५ : ५२
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने २२ औं स्थानमा कायम छन् ।
बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ५६ औं स्थानमा हुँदा सोमपाल कामी ६७ औं स्थानमा हुँदा करण केसीले एक स्थान सुधार गरेर ९६ औं स्थानमा छन् ।
सन्दीपले विश्वस्तरीय बलर युजभेन्द्र चहाल, जस्प्रित बुम्राहलाई पछि पारेका छन् । त्यस्तै मिचेल स्टेनर पनि सन्दीप भन्दा पछि छन् ।
एकदिवसीयको ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित कुमार पौडेल ५७ औं स्थानमा छन् । त्यस्तै आसिफ सेख ६७ औं स्थानमा छन् ।
अलराउन्डरतर्फ नेपालका कुनै पनि खेलाडी परेका छन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण