शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ता गठबन्धन बैठक : भएन सहमति

बुधबार, ०८ चैत २०७९, १९ : २४
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा  दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ ।  

लेखकले भने,  ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । मूलतः यसकै विषयमा कुराकानी भएको छ ।’ सरकार विस्तारमा सहमति जुटाउन अर्को बैठक आवश्यकताअनुसार बस्ने उनको भनाइ छ । 

कांग्रेसले १० मन्त्रालयको दाबी गरेको छ भने एकीकृत समाजवादी र जसपाले ३ मन्त्रालय पाउनु पर्ने अडान राखेको बुझिएको छ । गठबन्धनमा सम्बद्ध साना पार्टीलाई पनि समेटेर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० गतेसम्म सरकार पुनर्गठन गर्ने बताउँदै आएका छन् । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप