कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला

काठमाडौँ । कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ र ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ । कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ । उक्त भाउलाई आधार मानेर कारोबार हुनेछ ।
नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर यसको कारोबार खुला भएको हो ।
यता, एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको छ । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो । सोही रेन्जको विन्दुबाट सेयर कारोबार खुला भएको हो ।
नेप्सेमा यी दुवै कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो । कालिन्चोक दर्शनको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता र एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन–आश्रित दिवस : बल्खुमा रहेको प्रतिमामा नेताहरूद्वारा माल्यार्पण (तस्बिरहरू)
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै