मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख भन्दा बढीको सहयोग सामग्री हस्तान्तरण

बिहीबार, ०९ चैत २०७९, १६ : ४२
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार बहत्तर रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्रीहरु केन्द्रलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण गरिएका उपकरण एवं सामाग्रीहरु आविष्कार केन्द«को वीरगन्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिनेछ । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रबिना थापाले  नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनका लागि पु¥याएको योगदानको  प्रशंसा गरिन्। एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको उनको भनाइ थियो ।  

संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकोप्रति खुशी व्यक्त गरे । संघका उपाध्यक्ष आर के शर्माले विदेशमा सिकेको ज्ञान र सीपलाई मुलुकमा प्रयोग गर्न फर्कने हुटहुटी सधैँ चलिरहने भएपनि विभिन्न कारण फर्कन नसकेको प्रसंग जोड्दै महावीर पुनले देशमा  फर्केर गरिरहेको कामले एनआरएनलाई प्रेरणा प्राप्त भएको बताए । 

 संघका प्रवक्ता सोम सापकोटाले मुलुकमा कृषि सामाग्रीको आयात बढ्दो क्रममा रहेको अवस्थामा विगत ३ दशकदेखि बन्द रहेको कृषि औजार कारखाना  सञ्चालनका लागि आविष्कार केन्द्रले लिएको पहलकदमीले नेपालको कृषि क्षेत्रको  विकास तथा प्रवर्धनका लागि थप टेवा पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । कृषिप्रधान देश भएपनि कृषि औजार बनाउने कारखाना नै ३ दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकोले पनि वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप